मंगलबार, साउन २०, २०७७

विश्वमा कोरोना कहर : ४ लाख ६२ हजार वढीको मृत्यु 

काठमाडौं, असार ६ : कोरोना भाइरसर महामारीबाट विश्वभर ४ लाख ६२ हजार वढीको मृत्यु भएको छ । पछिल्लो तथ्याङक अनुसार ८७ लाख ५७ हजार भन्दा धेरै संक्रमित रहेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दश लाख नाघेको छ । त्यहाँ संक्रमित १० लाख ३८ हजार नाघ्दा मृतकको संख्या ४९ हजार कटेको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ ५४ हजारभन्दा बढी संक्रमित थपिएको जनाइएको छ ।

यही गतिमा बढेमा ब्राजिलले अमेरिकालाई पनि उछिन्ने अनुमान गरिएको छ । सबैभन्दा बढी अमेरिकामा १ लाख २१ हजारको मृत्यु भएको छ ।अमेरिकामा मात्र करिब २३ लाख मानिस संक्रमित बनेका छन् । तेस्रो स्थानमा रहेका रुसमा ५ लाख ६९ हजार संक्रमित भएका छन् । त्यहाँ मृतक भने ७ हजार ८ सय रहेका छन् । संक्रमितको दृष्टिले भारत चौथो स्थानमा रहेको छ ।

त्यहाँ संक्रमित ३ लाख ९५ हजार र मृतक करिब १३ हजार पुगेका छन् । बेलायतमा ३ लाखभन्दा बढी संक्रमित र मृतक साढे ४२ हजार पुगेका छन् । यस्तै विश्वभर ४६ लाख वढी निको भईसकेका छन् । 

 Published Date: Saturday, 20th June 08:23:44 AM