बिहीबार, साउन २९, २०७७

कोरोना संक्रमणबाट विश्वभर १ करोड ११ लाख संक्रमित निको 

काठमाडौं, साउन १७ : विश्वभर कोरोना संक्रमणबाट हालसम्म झण्डै १ करोड ११ लाख वढी संक्रमित निको भएका छन् । वल्डोमिर्टसको पछिल्लो अपडेट अनुसार विश्वभर रहेका १ करोड ७७ लाख संक्रमितमध्ये १ लाख ११ लाख ५९ हजार संक्रमित सफल उपचारपछि निको भएका हुन् । 

विश्वका विभिन्न मुलुकमा ५९ लाख संक्रमित उपचाररत रहेका छन्, जसमा झण्डै ६५ हजार संक्रमितको अवस्था गम्भीर अवस्थामा रहेको छ । कोरोना महामारीबाट पछिल्लो २४ घण्टामा ६ हजार २ सयले ज्यान गुमाएसँगै विश्वभर संक्रमणबाट ज्यान गुमाउने संख्या ६ लाख ८२ हजार नाघेको छ । 

पछिल्लो २४ घण्टामा सवैभन्दा धेरै संक्रमित अमेरिकामा ७० हजार वढी थपिएका छन्। अमेरिकामा ४७ लाख १ संक्रमित मध्ये १ लाख ५६ हजारले ज्यान गुमाउँदा २३ लाख वढी निको भएका छन् । ब्राजिलमा ५२ हजार जना थपिदाँ संक्रमितको संख्या २६ लाख ६६ हजार पुगेको छ । 

जसमध्ये ९२ हजारले ज्यान गुमाएका छन् भने १८ लाख वढी निको भएका छन् । भारतमा ५७ हजार ७ सय भन्दा वढी थपिदा संक्रमितको संख्या १६ लाख नाघेको छ जसमध्ये ३६ हजारले ज्यान गुमाए भने झण्डै ११ लाख निको भएका छन् । 

 Published Date: Saturday, 1st August 08:03:33 AM