मंगलबार, साउन २०, २०७७

विश्वमा कोरोनाः ९३ लाख संक्रमित, मृत्यु हुनेको संख्या ४ लाख ६९ हजार नाघ्यो 

काठमाडौं, असार १० : कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख ६९ हजार नाघेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४ लाख ६९ हजार ७७८  पुगेको हो ।

कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । अमेरिकामा हालसम्म १ लाख २३ हजार वढीले ज्यान गुमाईसकेका छन् । यस्तै दोश्रोमा रहेको ब्राजिलमा ५२ हजार ७ सय ७१ जनाले ज्यान गुमाएका छन् भने तेश्रोमा रहेको वेलायतमा ४२ हजार वढी र चौथो स्थानको इटलीमा ३४ हजार ६ सय ७५ ले ज्यान गुमाउँदा स्पेनमा २८ हजार वढीको मृत्यु भएको तथ्याङक छ ।  

यस्तै विश्वभर संक्रमितको संख्या  ९२ लाख ५२ हजार ७२५ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ । अमेरिकामा २४ लाख, ब्राजिलमा ११ लाख, रुसमा ६ लाख, भारतमा ४ लाख ५६ हजार, बेलायतमा ३ लाख, स्पेनमा २ लाख ९३ हजार वढी संक्रमित रहेका छन् ।

यस्तै विश्ववभर ५० लाखभन्दा वढी संक्रमित उपचारपछि घर फर्केका छन् । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

 Published Date: Wednesday, 24th June 07:20:25 AM