बिहीबार, असार २५, २०७७

कोरोना भाइरसबाट विश्वभर ३ लाख ५७ हजारको मृत्यु, ५७ लाख संक्रमित 

काठमाडौं, जेठ १५ : कोरोना भाइरसको महामारीबाट विश्वभर ५७ लाख ८९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ६ हजार ४७५ नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै संक्रमितको संख्या ५७ लाख ८९ हजार ५७१ पुगेको छ । यस्तै एकैदिन ५ हजार २८३ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ५७ हजार ४३२ पुगेको छ । २९ लाख ३२ हजार ७१२ जनाको उपचार भइरहेको छ । उपचार गराईरहेका ५२ हजार ९७३ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा हालसम्म १ लाख २ हजार भन्दा वढीको मृत्यु भएको छ भने १७ लाख ४५ हजार वढी संक्रमित रहेका छन् । यसैगरी ब्राजिलमा २ लाख १४ हजार संक्रमितमध्ये २५ हजार ६ सयको बढीको मृत्यु भएको छ ।

यस्तै रसियामा ३ लाख ७० हजार संक्रमितमध्ये झण्डै ४ हजारको मृत्यु भईसकेको छ । यस्तै बेलायतमा २ लाख ६७ हजार संक्रमितमध्ये ३७ हजार वढीले ज्यान गुमाएका छन् । 

 Published Date: Thursday, 28th May 08:44:05 AM