शुक्रबार, फागुन १६, २०७६

दिल्ली चुनाव : आम आदमी पार्टीको सानदार जित, तेस्रो पटक मुख्यमन्त्री बन्दै केजरीवाल 

काठमाडौं, माघ २९ : भारतको राजधानी दिल्लीको विधानसभाको चुनावमा आफ्नो पार्टीले सानदार जित हासिल गरेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो अर्को कार्यकाल सुरक्षित बनाएका छन्।

यो चुनावमा आम आदमी पार्टी (आप) लाई मतदाताहरूले उल्लेख्य रुपमा समर्थन गरेका छन्। यो परिणामले केन्द्रको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई ठूलो धक्का दिएको छ जसले गत वर्षको आमचुनाव सानदार रुपमा जितेको थियो। भाजपाले दिल्लीमा थप पाँच सिट जितेको छ तर अझै पनि ७० मध्ये उसको पकडमा जम्मा ८ वटामात्रै छन् । बाँकी सबै आम आदमी पार्टीले जितेको छ ।

‘यो भारत आमाको जित हो,’ पार्टी कार्यालयमा रहेका आफ्ना समर्थकमाझ केजरीवालले भने। उनले समर्थकहरूलाई हात हल्लाएर ‘दिल्लीका जनतालाई प्रेम गर्ने’ बताए। ५१ वर्षीय पूर्वकर्मचारी केजरीवाल भ्रष्टाचारविरोधी अभियान गर्दै राजनीतिमा उदाएका थिए। उनी पहिलोपटक सन् २०१३ मा मुख्यमन्त्री बनेका थिए र त्यसपछि सन् २०१५ मा भारी मतसहित पुन निर्वाचित भए।

भारतका सरकारी विद्यालयमा सुधार ल्याएको, सुलभ क्लिनिकहरू बनाएको र सस्तोमा पानी र बिजुली उपलब्ध गराएको जस उनलाई जाने गर्छ। प्रहरी फौजको नियन्त्रण र जग्गासम्बन्धी अधिकार अझै पनि केन्द्र सरकारसँग रहेका बेला उनले राज्यको बृहत् स्वायत्त अधिकारका लागि समेत निरन्तर रुपमा अभियान गर्दै आएका छन्। आम आदमी पार्टीको कार्यालयबाहिर जितपछि गरिएको कार्यक्रममा पार्टी कार्यकर्ताहरूले शासन र विकास बारे गरिएको अभियान अनि विभाजनकारी राजनीतिबाट टाढा रहने पार्टीको निर्णयले जित दिलाएको जनाईएको छ । 

 Published Date: Wednesday, 12th February 06:49:49 AM