शनिबार, साउन ४, २०७६

विश्वमा रक्सीको खपत ३० वर्षमा दोब्बर 

काठमाडाैं, वैशाख २६ : सन् १९९० को तुलनामा प्रतिव्यक्ति मदिरा खपत सन् २०१७ मा दश प्रतिशतले बढेको छ। चीन र भारतमा मद्यपान वृद्धि हुँदै गएकाले यस्तो भएको अनुसन्धाताहरूले बताएका छन्। आउने दशकमा विश्वभर प्रतिव्यक्ति थप १७ प्रतिशत मदिरा खपत हुने उनीहरूले बताए।

सन् २०३० सम्म विश्वका वयस्कहरूको आधा जनसंख्याले मदिरा पिउनेछन्। एक सय ८९ देशको तथ्याङ्कका आधारमा गरिएको प्रक्षेपण अनुसार करिब एक चौथाइ जनसंख्याले कम्तिमा महिनाको एक पटक ‘बिञ्ज ड्रिङ्क’ गर्नेछन्। छोटो अवधिमा अत्यधिक मदिरा सेवन गर्नुलाई ‘बिञ्ज ड्रिङ्किङ’ भनिन्छ।

‘हानिकारक मदिरा प्रयोग घटाउने विश्वव्यापी लक्ष्य प्राप्त गर्ने बाटोमा विश्व अघि बढेको छैन,’ अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। मदिरामा अत्यधिक कर लगाउने र विज्ञापन प्रतिबन्ध गर्नुपर्ने लगायतका आक्रामक नीति कार्यान्वयन गर्नुपर्ने माग पनि अघि सारिएको छ।

विश्व स्वास्थ्य संगठनले सन् २०२५ सम्म ‘हानिकारक मदिरा प्रयोग’ दश प्रतिशतले घटाउने लक्ष्य लिएको छ। मदिरालाई दुई सयभन्दा धेरै रोगसँग जोडिएको छ। मदिराकै कारण वार्षिक ३० लाखभन्दा धेरैको ज्यान जाने र तीमध्ये ७५ प्रतिशत पुरूष हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

विश्वभर झण्डै २३ करोड ७० लाख पुरूष र चार करोड ६० लाख महिला मदिरा सम्बन्धी समस्याबाट पीडित छन्। तीमध्ये सबैभन्दा बढी युरोप (पुरूष १५ प्रतिशत र महिला ३.५ प्रतिशत) र उत्तर अमेरिकामा (११.५ प्रतिशत पुरूष र ५ प्रतिशत महिला) छन्।

‘सन् १९९० अघि, उच्च–आय भएका देशमा अत्यधिक मदिरा खपत हुन्थ्यो। तीमध्ये सबैभन्दा धेरै युरोपमा खपत हुन्थ्यो,’ अध्ययन प्रतिवेदनका मुख्य लेखक जेकब म्यान्थेले बताए। उनी ड्रेस्डेन, जमर्नीस्थित इन्स्टिच्युट अफ क्लिनिकल साइकोलोजी एन्ड साइकोथेरापीका अनुसन्धाता हुन्।

‘तर यो प्रवृत्तिमा उल्लेखनीय परिवर्तन आएको छ। पूर्वी युरोपमा मदिरा खपत अत्यधिक घटेको छ भने चीन, भारत र भियतनामजस्ता मध्यम–आय भएका थुप्रै देशमा अत्यधिक वृद्धि भएको छ।’

अमेरिका र चीनको व्यापार

वृहत्तर रेखा प्रष्ट भएपनि परस्पर विन्दुमा भेट भएको छैन।

सन् २०१७ मा युरोप र उत्तर अमेरिकाका १५ वर्ष र त्योभन्दा बढी उमेरका वयस्कहरूको अत्यधिक प्रतिशतले विश्वका अन्य देशभन्दा धेरै मदिरा सेवन गरेका छन्।

उदाहरणका लागि फ्रान्समा पुरूषले १९ लिटर र महिलाले ६ लिटर शुद्ध ‘अल्कोहल’ पिए। उनीहरूको औसत संयुक्त खपत १२ लिटरभन्दा केहीमात्रै माथि थियो। मात्रै १४ प्रतिशत पुरूष र २९ प्रतिशत महिलाले कहिले पनि मदिरा पिएनन्।

सन् २०१७ मै अमेरिकामा पुरूषले १५ र महिलाले साढे चार लिटर मदिरा पिए। उनीहरूको औसत खपत १० लिटर जति थियो।

चीनमा पुरूषले ११ लिटर र महिलाले तीन लिटर मदिरा पिए। उनीहरूको औसत खपत दर ७ लिटरभन्दा थोरै माथि थियो। मदिरा पिउने पुरूषको रोजाइमा बियर र स्पिरिटका केही प्रकार छन्। अमेरिकाको तुलनामा थोरै मदिरा खपत भए पनि सन् १९९० ताका चीनको खपतभन्दा ७० प्रतिशत बढी थियो।  

सन् २०३० सम्म चिनियाँ वयस्कहरूले औसत १० लिटरभन्दा धेरै मदिरा खपत गर्ने र अमेरिकाको औसत मदिरा खपत ९.५ लिटरमा झर्ने अनुमान छ।

मद्यपान गर्ने जनसंख्या पनि अबको एक दशकमा परिवर्तन हुनेछ। चीनका ७७ प्रतिशत र अमेरिकाका ७३ प्रतिशतले यदाकदा पिउनेछन्।

संदिग्ध भेद

भारतीय जनसंख्याको थोरै प्रतिशतले मात्रै सन् २०१७ मा मद्यपान गरे। भारतमा ४० प्रतिशत पुरूष र २२ प्रतिशत महिलाले औसत ६ लिटर शुद्ध ‘अल्कोहल’ सेवन गरे। तर, सन् १९९० मा यो तथ्याङ्क दोब्बर भयो। सन् २०३० सम्म यो संख्यामा थप ५० प्रतिशत वृद्धि हुने अनुसन्धाताको अनुमान छ।

क्षेत्रगत हिसाबमा उत्तर अफ्रिका र मध्यपूर्वले सन् २०१७ मा सबैभन्दा थोरै मद्यपान गरे। ती क्षेत्रमा प्रतिवर्ष प्रतिवयस्कले एक लिटरभन्दा कम मदिरा सेवन गरे।

मध्य र पूर्वी युरोपेली देशमा सबैभन्दा धेरै मदिरा खपत भयो। धेरै देशमा प्रतिवर्ष प्रतिवयस्क औसत १२ लिटरभन्दा धेरै मदिरा खपत भएको छ। मोल्दोभा शीर्ष वरियतामा छ। यहाँ औसत १५ लिटरभन्दा धेरै मदिरा सेवन भयो। त्यसैगरी रूस, फ्रान्स र पोर्चगुलको औसत मदिरा खपत १२ लिटर रह्यो।

विश्वव्यापी रूपमा, सन् १९९० को औसत मदिरा खपत प्रतिव्यक्ति ५.९ लिटर थियो। सन् १९९७ मा बढेर ६.५ लिटर पुग्यो। सन् २०३० सम्म यो ७.६ लिटर पुग्ने अनुमान छ। संसारभरी नै सबैभन्दा धेरै ‘ग्रेन अल्कोहल’ खपत हुन्छ। १५ प्रतिशत बियर र १२ प्रतिशत वाइन खपत हुन्छ।

सन् २०१६ मा मदिरा सम्बन्धी मृत्युमध्ये एक चौथाइभन्दा धेरै दुर्घटना, हिंसा र आफैलाई क्षति पु¥याएर भएका थिए। पाँच भागको एक भाग पाचन सम्बन्धी समस्या र अर्काे एक भाग मुटु र रक्तनलीका कारण भएको छ।
 

 Published Date: Thursday, 9th May 18:56:56 PM