बुधबार, जेठ २१, २०७७

अमेरिकामा एक हप्तामै थपिए २४ लाख ३० हजार बेरोजगार

काठमाडौं, जेठ ९ : अमेरिकामा गत हप्ता थप २४ लाख ३० हजार श्रमिकले वेरोजगार बनेको भन्दै आवेदन दर्ता भएका छन् ।

अमेरिकामा कोभिड–१९ को सङ्क्रमणको प्रभाव देखिएसँगै बेरोजगार दरमा निकै धेरै वृद्धि  भएको बताइएको छ । सरकारी तथ्याङ्क अनुसार मार्च महिनाको मध्यदेखि गत हप्तासम्ममा वेरोजगार हुनेको सङ्ख्या तीन करोड ९० लाखभन्दा बढी व्यक्ति बेरोजगार बनेका हुन् ।

बेरोजगार दरमा पछिल्ला केही वर्ष यताकै उच्च समस्या देखिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण धेरै राज्यहरूमा नियमित रूपमा औद्योगिक, व्यवसायिक गतिविधिमा स्वतः कमी आउँदा बेरोजगार दरमा उच्च वृद्धि देखिएको विभागले बताएको छ । 

 Published Date: Friday, 22nd May 07:24:37 AM