सोमबार, चैत्र १७, २०७६

हेटौँडा र बागमतीका पक्षमा मतदान गर्न ‘ह्वीप’

हेटौँडा, पुस २७ : प्रदेश ३ को राजधानी हेटौँडा र नाम वागमती राख्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा( र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच एकमत देखिएका छन्।

दुवै दलको आज बिहान बसेको संसदीय दलको अलग–अलग बैठकले राजधानी हेटौँडा र नाम वागमतीका पक्षमा मतदान गर्न आफ्ना सदस्यलाई ह्वीप जारी गरेका छन्।

प्रदेशसभामा विवेकशील नेपाली दल र विवेकशील साझाले राजधानीमा काभ्रेको धुलिखेल प्रस्ताव दर्ता गरेपछि नेकपा र कांग्रेसले ह्वीप जारी गरेका हुन्।

नेकपा प्रदेश ३ का संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले दलको निर्णयविपरीत नगर्न बैठकमा निर्देशन दिएको बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले बताए।

कांग्रेस प्रदेश ३ संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आफ्नो पार्टीले हेटौँडा र वागमतीका पक्षमा मतदान गर्ने बताए।

प्रदेश सभा बैठक सुरू भएको छ। प्रदेश सभाका अब नाम र राजधानी टुंग्याउन मतदान हुँदैछ।

 Published Date: Sunday, 12th January 11:13:10 AM