मंगलबार, मंसिर ९, २०७७

कम्युनिटी केयर नेपालद्वारा बुढानिलकण्ठ नगरपलिकाका प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं, वैशाख २९ : कम्युनिटी केयर नेपालले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न अग्रपंक्तिमा बसेर काम गरिरहेका प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। संस्थाले बुढानिलकण्ठ नगरपालिका भित्रका सात महानगरीय प्रहरी प्रभाग र प्रहरी बिटलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो।

बुढानिलकण्ठ नगरपालिका अन्तर्गतका महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठ ३, महानगरिय प्रहरी प्रभाग बुढानिलकण्ठ १०, महानगरीय प्रहरी बिट, बुढानिलकण्ठ ८, प्रहरी प्रभाग, बुढानिलकण्ठ ६, प्रहरी प्रभाग, बुढानिलकण्ठ ७, प्रहरी बिट, बुढानिलकण्ठ १० लाई पीपीई सेट, मास्क, स्यानिटाइजर, र पन्जा प्रदान गरिएको संस्थाका अध्यक्ष बिजेन्द्र श्रेष्ठले बताए।

 Published Date: Monday, 11th May 2020 1:01:44 pm