मंगलबार, साउन २०, २०७७

स्याङ्जामा पहिरोले घर पुरिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते 

| तस्वीर:फाइल

स्याङ्जा, असार १४ : अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परी स्याङ्जामा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाको गल्याङमा नगरपालिका-९, साङलियमा गएराति आएको पहिरोले घर पुरिँदा स्थानीय ४९ वर्षीय यमबहादुर विकको ज्यान गएको हो। उनकी श्रीमती फुलमाया विक घाइते भएकी छिन् ।

उनलाई उपचारका लागि पाल्पा लगिएको प्रहरीले जनाएको छ । 

 Published Date: Sunday, 28th June 08:37:04 AM