शुक्रबार, असोज ९, २०७७

मुख्यमन्त्रीसहित १६५ को कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

सुर्खेत, जेठ ९ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। 

बिहीबार प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी १६५ जनाको ‘नोजल स्वाब’ संकलन गरिएको थियो । जेठ ११ गते प्रदेशसभाको आह्वान गरिइएको छ। 

प्रदेशसभाको जेठ ११ गते आव्हान गरिएको बैठक अघि रिपोर्ट आउने गरी गरिएको परीक्षण्मा सबैको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रदेश सभा सचिव जीवराज बुढाथाकीले बताए।  प्रदेशसभाभित्र प्रवेश गर्ने सबैले अनिवार्य मास्क, पञ्जा लगाउनुपर्नेछ, सामाजिक दूरी कायम गरेर सदस्यहरुलाई आशनग्रहण गराउने तयारी भइरहेको पनि उनले जनाकारी दिए।

सामाजिक विकासमन्त्री दल रावलले प्रदेशसभा सचिवालयलाई कोभिड–१९ विरुद्ध अपनाउनुपर्ने सबै सावधानीमा सरकारले सहयोग गर्ने बताए।

 Published Date: Friday, 22nd May 2020 9:07:59 am