मंगलबार, चैत्र १८, २०७६

कांग्रेस गुल्मीका प्रथम सभापति ज्ञवालीको निधन

गुल्मी, फागुन ६ :  नेपाली कांग्रेस गुल्मीका प्रथम सभापति भागवत ज्ञवालीको निधन भएको छ । पूर्वसांसद समेत रहेका ज्ञावली विगत केही समयदेखि अल्सर रोगबाट पीडित रहेका थिए । उनको उपचारको क्रममा मंगलबार बिहान अल्का अस्पतालमा निधन भएको हो । 

विसं २००१ कात्तिक १ गते गुल्मीमा जन्मिएका ज्ञावली २०४८ सालको निर्वाचनमा सोही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । 

नेपाली कांग्रेसले गुल्मीका अग्रज, निष्ठावान् एवं अभिभाव ज्ञवालीको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा महत्वपूर्ण क्षति पुगेको जनाएको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शोक वक्तव्य जारी गर्दै ज्ञवालीको निधनले आफूलाई दुःखित र स्तब्ध बनाएको जनाएका छन् । 

 Published Date: Tuesday, 18th February 14:30:12 PM