मंगलबार, असार ३, २०७६

प्रदेश ३ सरकारको बजेट असार १ मा आउने

हेटौँडा, जेठ ३० :  प्रदेश नम्बर ३ सरकारले आर्थिक वर्ष २०७६-०७७ को बजेट असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने भएको छ। 

प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलको निजी सचिवालयका अनुसार बजेट असार १ गते ल्याउन लागिएको हो।

सरकारले भौतिक पूर्वाधारसहित राष्ट्रिय गौरवको आयोजना, गरीबी निवारण गर्ने आयमूलक कार्यक्रम, पर्यटन क्षेत्रको विकास, जैविक विविधता, वातावरण सुधार तथा हेटौँडा कुलेखानी जोड्ने सुरुङ्मार्गलगायत पूर्वाधार निर्माणलाई बजेटमा विशेष प्राथमिकता दिइएको मन्त्री ढुङ्गेलले राससलाई जानकारी दिए।  

यसैबीच प्रदेश नम्बर ३ प्रदेशसभा सचिवालयले प्रदेशसभाको चौथो अधिवेशन जेठ ३१ गते अपरान्ह २ बजेका लागि बोलाएको छ।
 

 Published Date: Thursday, 13th June 18:11:55 PM