बिहीबार, साउन २९, २०७७

लगातार नवौं पटक युभेन्टसले जित्यो ‘सिरी ए’ को उपाधि 

काठमाडौं, साउन १२ : इटालियन  ‘सिरी ए’ को उपाधि युभेन्टसले चुमेको छ । जारी सिजन अन्तर्गत गएराति भएको खेलमा साम्पडोरियालाई २-० ले पराजित गर्दै युभेन्टसले दुई खेल अगावै उपाधि पक्का गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डसीले एक एक गोलको योगदान गरे । यो सहित युभेन्टसले लगातार नवौं पटक ‘सिरी ए’ को उपाधि जितेको छ ।

खेलको पहिलो हाफको इन्जुरी समयमा मिरालेम पजानिकको पासमा रोनाल्डोले गोल गर्न सफल भएका हुन् । पहिलो हाफमा एक गोलको अग्रता बनाएको युभेन्टसका लागि फेर्डिकोले ६७ औं मिनेटमा दोस्रो गोल गरेका हुन् । खेलको अन्तिम समयमा युभेन्टसले पाएको पेनाल्टीलाई रोनाल्डोले गोलमा परिणत गर्न सकेनन् । 

 Published Date: Monday, 27th July 08:13:02 AM