सोमबार, जेठ १९, २०७७

टोकियो ओलम्पिक अर्को वर्ष जुलाईमा हुने

काठमाडाैं, चैत १७ : टोकियो ओलम्पिक सन् २०२१ को जुलाईमा हुने भएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र आयोजक जापानले सोमबार ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म गर्ने निर्णय गरेका हुन्।

यसैवर्ष जुलाईका लागि तय भएको ओलम्पिक विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका एक वर्षपछि सरेको हो। एक वर्षपछि सरे पनि ओलम्पिकको नाम ‘टोकियो ओलम्पिक २०२०’ नै रहने छ। विश्वखेलकुदको महाकुम्भ मेला ओलम्पिकको तोकिएको समयभन्दा पछि सरेको यो पहिलो घटना हो। 

कोरोना भइरसका कारण यसै वर्ष हुने भनिएका दुई ठूलो फुबटल प्रतियोगिता युरोकप र कोपा अमेरिका पनि एक वर्षपछि सरिसकेका छन्। यस्तै, घरेलु लिगहरु अनिश्चितकालका लागि स्थगित भएका छन् भने च्याम्पियन्स लिग र युरोपा लिग फुटबल पनि अनिश्चित बनेको छ। 

७० लाखभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणमा परेका छन् भने ३४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

 Published Date: Monday, 30th March 18:02:56 PM