मंगलबार, साउन २०, २०७७

मेस्सीको प्रयास विफल हुँदा सेभिल्लासँग बराबरीमा रोकियो बार्सिलोना

काठमाडौं, असार ५ : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना सेभिल्लासँग गोल रहित बराबरीमा रोकिएको छ । लियोनल मेस्सीले खेलको पहिलो हाफमा फ्रि किक मार्फत गोल प्रयास गरेपनि सफल भएन् ।

बार्साको बराबरीसँगै दोस्रो स्थानमा रहेको रियाल मड्रिडलाई बार्सिलोनासँग अंक बराबरी गर्ने मौका छ । बराबरीसँगै शीर्षस्थानको बार्सिलोनाले ३० खेलमा ६५ अंक बनाएको छ भने दोस्रो स्थानको रियल मड्रिडको २९ खेलमा ६२ अंक रहेको छ ।

तेस्रो स्थानको सेभिल्लाले ३० खेलबाट ५२ अंक बनाएको छ । यस्तै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम र म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।

लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा सुरुवाति अग्रता लिए पनि जोसे मोरिन्होको टिम टोटनह्यामले जित निकाल्न सकेन । २७ औँ मिनेटमा स्टीभन बर्गविजनले गोल गरेर टोटनह्यामलाई सुरुवाति अग्रता दिलाएका थिए ।

तर ८१ औँ मिनेटमा पाएको पेनाल्टीमा फर्नान्डेसले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल गरे । बराबरीपछि पाँचौँ स्थानको म्यानचेस्टर युनाइटेडको ३० खेलबाट ४६ तथा आठौँ स्थानको टोटनह्यामको ४२ अंक भएको छ ।

 Published Date: Saturday, 20th June 07:43:54 AM