आईतबार, असोज ५, २०७६

युरोकप छनोट: स्पेनद्वारा स्वीडेन ३-० ले पराजित

काठमाडौं, जेठ २८ : स्पेनले युरोकप छनोट फुटबलमा स्विडेनलाई  पराजित गरेको छ।

सोमबार भएका युरोकपअन्तर्गत समूह एफको खेलमा स्पेनले स्वीडेनलाई ३–० गोलअन्तरले पराजित गरेको हो । स्पेनले कप्तन सर्जियो रामोस, अल्भारो मरोटा र मिकेल ओयारजबलले गरेको गोलले जित गराएको हो।

 पहिलो हाफसम्म भने गोलरहित बराबरीमा रोक्न सफ भएको स्वीडेनले दोस्रो हाफमा स्पेनले लगातार तीन गोल गरेको थियो।

 खेलको ६४औं मिनेटमा स्पेनले पेनाल्टी पायो । पेनाल्टीबाट गोल गर्दै रामोसले स्पेनलाई १–० गोलको अग्रता दिलाए ।८५औं मिनेटमा स्पेनले फेरी अर्को पेनाल्टी पाएर स्पेनले २–० गोलको अग्रता लियो।

 ८७औं मिनेटमा स्पेनले अर्को गोल थप्न सफल भयो । ओयारजबलले गोल गर्दै स्पेनलाई ३–० गोलको जित दिलाए।

त्यस्तै, हिजो भएको अन्य खेलमा भने डेनमार्कले जर्जियालाई ५–१ ले, रोमानियाले माल्टालाई ४–० ले र पोल्यान्डले इज्रयाललाई ४–० गोलअन्तरले नै पराजित गरेको छ ।

 Published Date: Tuesday, 11th June 07:33:31 AM