मंगलबार, साउन २०, २०७७

घरेलु मैदानमै बराबरीमा रोकियो सेभिल्ला

काठमाडौं, असार १३ : स्पेनिस ला लिगा फुटबलमा सेभिल्ला  रियल भाल्लाडोलिडसँग बराबरीमा रोकिएको छ। 

गराति घरेलु मैदानमा भएको खेलमा सेभिल्ला रियल भाल्लाडोलिडसँग १–१ गोलको बराबरीमा रोकिएको हो।  खेलमा सुरुवाती अग्रता भने भाल्लाडोलिडले लिएको थियो। खेलको २५ औं मिनेटमा किकोले गोल गर्दै भाल्लाडोलिडलाई सुरुवाती अग्रता दिलाएका थिए। 

पहिलो हाफमा १–० ले पछि परेको सेभिल्लाले खेलको ८३ औं मिनेटमा बराबरी गोल फर्काएको थियो। सेभिल्लाका लागि पेनाल्टीमार्फत लुकास ओकम्पासले बराबरी गोल गरेका थिए।

बराबरीमा रोकिएपछि लिगको तेस्रो स्थानमा उक्लिने मौका सेभिल्लाले गुमाएको छ।  ३२ खेलबाट ५४ अंक जोडेको सेभल्ला लिगको चौथो स्थानमै यथावत छ। एक खेल कम खेलेको एथ्लेटिको मड्रिडको ५५ अंकसहित तेस्रो स्थानमा छ।

३२ खेलबाट ३५ अंक जोडेको भाल्लाडोलिड भने लिगको १४ औं स्थानमा छ।

 Published Date: Saturday, 27th June 08:33:55 AM