बिहिबार, असोज १५, २०७७

सचिनको ‘पहिलो प्रेम’

काठमाडौं, फागुन २ : आज फेब्रुअरी १४ अर्थात भ्यालेनटाइन डे । युवापुस्ताले आजको दिनलाई प्रमे उत्सवमा रुपमा मनाउँछन् । अन्तर्राष्ट्रिय क्रिकेटका महान खेलाडी मास्टर ब्लास्टर सचिन तेन्दुलकरले पनि ‘भ्यालेन्टाइन डे’ मै आफ्नो पहिलो प्रेम सम्झिएका छन्। 

अन्र्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका सचिन अहिले रोड सेफ्टी वल्र्ड सिरिजका लागि अस्ट्रेलियामा छन् । मार्चमा हुने प्रतियोगिता मार्फत सचिनसँगै क्रिकेटका अन्य दिग्गज खेलाडी पनि मैदान मात्र उत्रँदैछन्। 

दिउँसो १२ः४५ मा ट्वीटरमा एउटा भिडियो पोस्ट गर्दै सचिनले आफ्नो ‘पहिलो प्रेम’लाई सम्झिएका छन् । ११ सेकेन्डको उक्त भिडियोमा सचिन  ग्लब्स र प्याड लगाएर नेटमा अभ्यास गरिरहेका छन् । उनले क्याप्सन लेखेका छन्, ‘माई फस्र्ट लभ’। 

सन् २०१३ अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्राम लिएका सचिनले ब्याटिङमा अधिकांश रेकर्ड आफ्नो नाममा लेखाएका छन् । २४ वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा बिताएका सचिनले पहिले क्रिकेटलाई जति माया गर्थें, त्यो माया अहिले पनि छ र आगामी दिन रहिरहने बताउँदै आएका छन्।

अस्ट्रेलियामा हालै भएको डढेलोबाट पीडितका लागि राहत जुटाउनका लागि ‘रोड सेफ्टी वल्र्ड सिरिज’ आयोजना गर्न लागिएको हो । त्यही सिरिजका लागि उनी नेटमा अभ्यास गरिरहेका छन्, र उनले सोही अभ्यासको फुजेट ट्वीटरमा सेयर गरेका हुन् । 

रोड सेफ्टी वल्र्ड सिरिजमा भारत, अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज र दक्षिण अफ्रिकाका पूर्वखेलाडी क्रिजमा उत्रँदै छन् । जसमा सचिनका अलावा वीरेन्द्र सेहवाग, युवराज सिंह, जाहिर खान, ब्रायन लारा, शिवनारायण चन्द्रपाल, ब्रेट लि, ब्रेट हज, जोन्टी रोड्स, मुथैया मुरलीधरन, तिलकरत्ने दिल्सान, अजन्था मेन्डिसलगायत छन् । 
‘भ्यालेन्टाइन डे’मा उनले आफ्नो पहिलो प्रेमको रुपम क्रिकेटलाई सम्झिएका छन्। 

 Published Date: Friday, 14th February 2020 11:06:21 am