मंगलबार, कात्तिक २६, २०७६

सिरी ‘ए’ फुटबलः युभेन्ट्सको जितमा रोनाल्डोको गोल

काठमाडौं, असोज १२ : इटालियन सिरी ’ए’ फुटबलमा युभेन्ट्स विजयी भएको छ। 

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले  एसपीएएललाई २–० गोल अन्तरले पराजित गरेको हो।

युभेन्ट्सका लागि खेलको ४५ औं मिनेटमा मिरालिम पाजनिकले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको युभेन्ट्सले दोस्रो हाफमा थप एक गोल गरेको थियो।

खेलको ७८ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई २–० ले जित दिलाएका हुन्। 

जितसँगै युभेन्ट्स लिगको दोस्रो स्थानमा कायमै छ। युभेन्ट्सको ६ खेलबाट १६ अंक छ भने समान खेलबाट १८ अंक जोडेको इन्टर मिलान शीर्ष स्थानमा छ। 

युभेन्ट्ससँग पराजित भएको एसपीएएल ६ खेलमा ३ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ।
 

 Published Date: Sunday, 29th September 08:51:23 AM