मंगलबार, असार ३०, २०७७

विश्वमै सर्वाधिक कमाउने खेलाडीको सुचीमा रोजर फेडेरर, रोनाल्डो र मेस्सी पछि परे

काठमाडौं, जेठ १७ : टेनिस खेलाडी रोजर फेडेरर विश्वमा सर्वाधिक कमाउने खेलाडीमा परेका छन् ।

फोब्स पत्रिकाले सर्वाजनिक गरेको नयाँ सूचीअनुसार फेडेर सर्वाधिक कमाउने फुटबलर बनेको हुन्। यो वर्ष फेडेररले ४ स्थान फड्को मारेका हुन्। फोडेररले अघिल्लो वर्ष १०६.३ मिलियन डलर आम्दानी गरेका थिए ।

सर्वाधिक ग्रान्डस्लाम उपाधि विजेता फेडेररले ब्रान्ड एम्बासडरबाट मात्र १ सय मिलियन डलर आम्दानी गरेका छन् भने ६.३ मिलियन डलर तलब र पुरस्कारबाट आर्जन गरेका छन्। फेडेरर रोलेक्स घडी, बरिल्ला ग्रुपलगायतका १२ कम्पनीका ब्रान्ड एम्बासडर रहेका छन् ।

सर्वाधिक कमाउने खेलाडीको दोस्रो स्थानमा इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो छन्। रोनाल्डोले यो वर्ष १०५ मिलियन डलर कमाईका गरेका छन्। उनले ब्रान्ड एम्बासडरमार्फत ४५ मिलयन कमाएका छन् भने तलब र पुरस्कारबाट ६० मिलियन कमाइ गरेका छन्।

अघिल्लो वर्ष सर्वाधिक कमाउने खेलाडी बनेका बार्सिलोनाका लियोनल मेसी यो वर्ष भने तेस्रो स्थानमा झरेका छन्। तलब र पुरस्कारबाट ७२ तथा ब्रान्ड एम्बासडरमार्फत ३२ मिलियनसहित मेसीले कुल १०४ मिलियन डलर कमाएका छन्।

यो सूचीको चौथो स्थानमा पिएसजीका ब्राजिलियन स्टार नेमार तेस्रो स्थानमा छन् । नेमारले यो वर्ष ९५.५ मिलियन डरल कमाएका छन्। यस्तै, बास्केटबल खेलाडी लेबर्न जेम्स पाचौं नम्बरमा छन् । उनको वार्षिक आम्दानी ८८.२ मिलियन डलर छ।

कोरोना महामारीका कारण मेस्सी, रोनाल्डो र नेमारको तलब व्यापक कटौती पछि फेडेर शीर्ष स्थानमा उक्लिएका हुन्।

 

 

 Published Date: Saturday, 30th May 09:26:41 AM