शुक्रबार, साउन ३०, २०७७

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रियल मड्रिड

काठमाडौं, असार ८ : रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार रातिको खेलमा घरेलु मैदानमा रियल सोसीडाडलाई २-१ गोल ले पाखा लगाँउदै मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।

दोस्रो हाफको ५० औँ मिनेटमा पाएको पेनाल्टीलाई कप्तान सर्जियो रामोसले गोलमा परिणत गर्दै मड्रिडका लागि सुरुवाती अग्रता दिलाए । खेलोको ७० औँ मिनेटमा मड्रिडका करीम बेन्जेमाली पेनाल्टी क्षेत्रबाट गरेको प्रहारले जाली चुम्यो ।

 उनले गरेको गोल नै मड्रिडका लागि निर्णायक सावित भयो । ८३ औं मिनेटमा घरेलु टोली सोसीडाडले सान्त्वना गोल फर्कायो । जितसँगै शीर्ष स्थानमा पुगेको मड्रिडको ३० खेलबाट ६५ अंक भएको छ ।

बार्सिलोनासँग समान अंक भए पनि मड्रिड हेड टु हेडमा अगाडी रहेको छ । 

 Published Date: Monday, 22nd June 07:26:04 AM