बिहिबार, असोज १५, २०७७

एस्टन भिल्ला रेलिगेसनबाट बच्यो, वाटफोर्ट र बोर्नेमाउथ रेलिगेसनमा

काठमाडौं, साउन १२ : यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको एस्टन भिल्ला रेलिगेसनबाट बचेको छ । आइतबार राति भएको  खेलमा वेस्टह्यासँग १–१ गोलको बराबरी खेल्दै एस्टन भिल्ला रेलिगेसनबाट बचेको हो । 

वेस्टह्यामको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ८४औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै भिल्ललाई अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै वेस्टह्यामका एन्ड्रिय यार्मोलेन्कोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

पछिल्ला ४ खेलमा महत्वपूर्ण ८ अंक जोड्दै एस्टन भिल्लाले आफूलाई रेलिगेनबाट बचायो । उसले पछिल्ला चार खेलमा २ जित र २ बराबरी खेल्यो । उसले क्रिस्टल प्यालेस र आर्सनललाई हराउँदा एभर्टन र वेस्टह्यामसँग बराबरी खेलेको थियो । भिल्ला ३८ खेलमा ३५ अंकका साथ १७औं स्थानमा रह्यो भने वेस्टह्याम ३९ अंकका साथ १६औं स्थानमा छ । 

एस्टन भिल्ला रेलिगेसनबाट जोगिँदा वाटफोर्डन र बोर्नेमाउथ रेलिगेसनमा परेका छन् । अन्तिम खेलमा पराजित  भएसँगै वाटफोर्ड रेलिगेसनमा प¥यो भने बोर्नेमाउथले जितका बाबजुद पनि रेलिगेसनलाई टार्न सकेन । 

बोर्नेमाउथ ३४अंका साथ १८औं स्थानमा रह्यो भने वार्टफोर्ड पनि ३४ अंक नै जोड्दै १९औं स्थानमा रह्यो । एस्टन भिल्लाले वेस्टह्यामसँग बराबरी खेलेपछि वाटफोर्ड र बोर्नेमाउथ रेलिगेसनमा परेका हुन् ।

आइतबार राति भएको खेलमा वार्टफोर्ड आर्सनलसँग ३–२ले पराजित भयो बोर्नेमाउथले एभर्टनलाई ३–१ले हरायो । आर्सनलका लागि पिर्रे अमेरिक औबामियाङले २ गोल गरे भने टिरेनेइले १ गोल गरे । वाटफोर्डका टोरी डिनी र ड्यानी वेलब्याकले गोल फर्काए । यता, बोर्नेमाउनका लागि जोसुवा किङ, डोमिनिक सोलन्के र जुनियर स्टानिस्लासले गोल गर्दा एभर्टनका मोइस केनले गोल गरेका थिए ।

सिजनमा ३८ खेलमा बोर्नेमाउथले ९ जित र ७ बराबरी खेल्यो भने वाटफोर्डले ८ जित र  १० बराबरीको नतिजा निकाल्यो । बोर्नेमाउथले सिजनभर ४० गोल गर्दा ६५ गोल खाएको थियो भने वाटफोर्डले ३६ गोल गर्दा ६५ गोल खाएको थियो ।
 

 Published Date: Monday, 27th July 2020 1:37:27 am