बिहीबार, असार १८, २०७७

कोरोना भाइरसः नागरिक अस्पताललाई मेसीले दिए १० लाख डलर 

काठमाडौं, चैत्र १२ : स्टोर खेलाडी लियोनेल मेसीले बार्सिलोना शहरको एक नागरिक अस्पताललाई १ मिलियन अमेरिकी डलरको सहयोग प्रदान गरेका छन् ।

स्पेन पछिल्लो समय कोरनाभाइरसको महामारीसँग जुधिरहेको छ । अस्पतालले आफ्नो ट्वीटरमा मेसीले सो सहयोग रकम प्रदान गरेको जनाएको हो ।

यसअघि बार्सिलोनाका पूर्व म्यानजर पेप गार्डियोलाले पनि बार्सिलोना शहरमा कोरोना भाइरसको संक्रमणविरुद्धको अर्को कार्यक्रमका लागि १ मिलियन डलर प्रदान गरिसकेका छन्।

 Published Date: Wednesday, 25th March 08:38:39 AM