
काठमाडौं, साउन १४ : इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले नापोलीलाई २–० गोलले पराजित भएको छ।
इन्टरको जितमा ११ औँ मिनेटमा ड्यानिलो डि एम्ब्रोसियो र ७४ औँ मिनेटमा लोउटारो मर्टिनेजले गोल गरे।
खेल अवधीभर नापोलीले गोल गर्न नसकेपछि इन्टरमिलान २–० ले बिजयी भएको हो । जितसँगै इन्टरको ३७ खेलबाट ७९ अंक पुगेको छ।
नापोली ५९ अंक जोडेर सातौं स्थानमा छ । गएराति नै भएको अर्को खेलमा एटलान्टाद्धारा पार्मा २–१ ले पराजित भएको छ।