मंगलबार, जेठ २०, २०७७

ओलम्पिक आयोजना गर्ने भारतको चाहना

काठमाडाैं, वैशाख २१ : भारतले विश्व खेलकुदको महाकुम्भ मेला ओलम्पिक आयोजना गर्ने इच्छा देखाएको छ। भारतले सन् २०३२ को ओलम्पिक लगयात अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका लागि इच्छा देखाएको हो।

भारतीय ओलम्पिक संघ (आईओसी)का अध्यक्ष नरिन्दर बात्राले ओलम्पिक आयोजनाको प्रक्रियामा भारत पनि सामेल हुने बताएका छन्। राष्ट्रमण्डल खेल आयोजनाको १० वर्षपछि धेरै कुरा सिकेकाले ओलम्पिक आयोजनाका लागि भारत तयार भएको बात्राले बताएका छन्। उनले भारत जुनसुकै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम भएको बताए। 

एएफपीसँग कुरा गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य समेत रहेका बात्राले सन् २०२६ को युथ ओलम्पिक र सन् २०३२ को ओलम्पिकको आयोजनाका लागि आईओसी गम्भीर भएको बताएका छन्। भारतले २०२६ को ओलम्पिक आयोजना पनि चासो राखेको थियो तर २०३२ का लागि भारतले औपचारिक प्रस्ताव पेश गर्ने उनले बताए। 

२०२६ को ओलम्किप आयोजनाका लागि थाइल्यान्ड, रुस र कोलम्बियाबीच प्रस्तिस्पर्धा हुनेछ। यस्तै, २०३२ को ओलम्पिकका लागि भारतले अस्ट्रेलिया, चीन तथा दक्षिण कोरिया र उत्तर कोरियासँग प्रस्तिस्पर्धा गर्नुपर्ने छ। सन् २०३२ को आयोजनास्थलको टुंगो २०२५ सम्म लाग्ने छ।

 Published Date: Sunday, 3rd May 19:26:41 PM