सोमबार, असोज २७, २०७६

सेमिफाइलनमा भारत हार्नुका यस्ता छन् चार कारण

न्यूजिल्यान्डका क्याप्टेन काने विलियमसन र भारतका क्याप्टेन विराट कोहली।

काठमाडौं, असार २६ : आईसीसी विश्वकपको हिजो भएको पहिलो सेमिफाइनलमा भारतलाई हराउदै न्यूजिल्यान्ड फाइनलमा प्रवेश गरेको छ। भारत न्यून स्कोरको खेलमा पराजित भएर घर फर्किएको छ।

विश्वकप उपाधिको दावेदार मानिएको भारत हार्नुका कारण खोज्न थालिएका छन्। टाइम्स अफ इन्डियाले भारत पराजित हुनुका चार कारण औल्याइएको छ।

पहिलो, टप अडर नकाम रहनु। वर्षातको दिन बल स्वीङ भइरहेको थियो। तर, भारतीय टप अर्डर ब्याट्सम्यानले त्यसलाई बुझ्न सकेनन्।

जसका कारण रोहित शर्मा र विराट कोहली एक÷एक रनमै आउट भए। यस अघि यि दुवै खेलाडी सन् २०१७ को च्याम्पियन ट्रफीको फाइनलमा यसरी नै आउट भएका थिए। जुन खेल भारतले हारेको थियो।

दोस्रो, न्यूजिल्यान्डको उत्कृष्ट फिल्डिङ। लिग चरणमा रोहित शर्माको क्याच चार पटक छुटेको थियो। त्यसपछि उनले तीन शतक र एक अर्धशतक बनाएका थिए। यस पटक भने न्यूजिल्यान्डका विकेट किपर टम लथमले कुनै गल्ती गरेनन्। त्यसपछि लथम र जेम्स नीसमले केएल राहुललाई एक र दिनेश कार्तिकलाई ६ रनमा आउट गरे।

तर, ‘गेम चेन्जर’ भने मार्टिम गुप्टिल रहे। उनले महेन्द्रसिंह धोनीलाई ‘डाइरेक्ट हिट’ गरेर ५० रनमा ‘रन आउट’ गरे।

तेस्रो, कमजोर ‘सट सेलेक्सन’। रिशभ पन्त (३२) र हार्दिक पान्ड्या (३२) सेट भइसकेका थिए। उनीहरू रन लिन थालिसकेका थिए। तर, न्यूजिल्यान्डका स्पिनर मिचेल सन्टनेरको बलमा छक्का प्रहार गर्ने क्रममा क्याच आउट भए। दुवैको सट एउटै प्रकारको थियो।

चौथो, धोनी र जडेजको ढिलाइ। भारत हार्नुको चौथो कारण महेन्द्रसिंह धोनी र रविन्द्र जडेजाको ढिलाइलाई पनि लिइएको छ। २४ रनमै चार विकेट गुमाइसकेपछि धोनीलाई पठाएर सम्हालिनु पर्ने तर्क गरिएको छ। त्यो नगरि धोनीलाई अन्तिम पठाउदा समय घर्किसकेको थियो।

अर्को, धोनी र जडेजाले सातै विकेटका लागि एक सय १६ रनको पाटनरसिप गरे। यो यो विश्वकपको नक आउट चरणमा सबैभन्दा ठूलो साझेदारी हो। तर, उनीहरूले टिकेर बस्न खोजे। अन्तिममा आएर मात्रै सट हान्न खोजे। अन्तिम तीन ओभरमा ३७ रन बनाउने दवावमा ठूलो सट प्रहार गर्न खोज्दा आउट भए।

 

 Published Date: Thursday, 11th July 11:42:54 AM