शुक्रबार, असोज ९, २०७७

आयाक्सका जियास चेल्सीमा 

काठमडौं, फागुन २ : डच क्लब आयाक्सका स्ट्राइकर हाकिम जियास इंग्लिस क्लब चेल्सीमा आबद्ध भएका छन् । मोरक्को स्ट्राइकर जियास सिजनको अन्त्यसँगै लन्डन क्लबको जर्सीमा देखिने छन्। 

२६ वर्षीया जियासलाई क्लबमा भित्र्याउन चेल्सीले ४० मिलियन युरो खर्चिएको छ । उनको ट्रान्सफर रकम ४४ मिलियन युरोसम्म पनि पुग्न सक्ने बताइएको छ । जियासले चेल्सीसँग २ वर्षको सम्झौता गरेका छन् । उनी अब सन् २०२२ को जुन ३० सम्म चेल्सीमा रहने छन्। 

सन् २०१६ मा डच क्लब आयाक्समा आबद्ध भएका जियासले त्यसयता १५९ खेल खेल्दै ४७ गोल गरेका छन् । पछिल्ला दुई सिजन जियासले उत्कृष्ट प्रदर्शन गरेका छन् । अघिल्लो सिजन आयाक्सको च्याम्पियन्स लिगको सेमिफाइलन यात्रामा जियासले भूमिका महत्वपूर्ण थियो। 

अहिले मोरक्कोबाट अन्तर्राष्ट्रिय फुटबल खेलेपनि जियासले नेदरल्यान्ड्सबाटै फुटबल खेल्न सुरु गरेका थिए । उनले नेदरल्यााड्सको राष्ट्रिय टिमबाट उमेर समूहमा प्रतिनिधित्व गरेका छन् । उनले नेदरल्यान्ड्सबाट उमेर समूहमा ७ खेल खेल्दै ३ गोल गरेका थिए । 

जियासले व्यवसायिक फुटबल करिअर सन् २०१२मा डच क्लब हेरेन्विनबाट सुरु भएको हो । त्यसपछि उनी सन् २०१४ मा अर्को डच क्लब ट्वेन्टेमा आबद्ध भएका थिए। 

सन् २०१५ मा मोरक्कोको राष्ट्रिय टिममा डेब्यू गरेका जियासले ३३ खेल खेल्दै १४ गोल गरेका थिए । रसिया विश्वकपमा मोरक्कोलाई छनोट गराउन उनको भूमिका महत्वपूर्ण थियो। 
 

 Published Date: Friday, 14th February 2020 8:34:41 am