शनिबार, साउन ३१, २०७७

एफ.ए.कप फुटबलको सेमिफाईनल समिकरण पूरा

काठमाडौं, असार १५ : एफ.ए.कप फुटबलको सेमिफाईनल समिकरण पूरा भएको छ । गएरातिका खेलहरुमा चेल्सी, आर्सनल र म्यान्चेस्टर सिटी विजयी भएसँगै प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको हो ।

यसअघि म्यान्चेस्टर युनाईटेड पनि सेमिफाईनलमा पुगिसकेको थियो । क्वाटरफाईनल खेलमा चेल्सीले रोस बार्क्लेको निर्णायक गोललेष्टर सिटीलाई १–० ले हरायो । अर्को लण्डन क्लब आर्सनलले शेफिल्ड युनाईटेडलाई २–१ ले पाखा लगाउँदै सेमिफाईनलमा आफ्नो स्थान पक्का गर्‍यो ।

शेफिल्ड विरुद्ध आर्सनललाई विजयी गराउन पेपे र केबायोसले एक एक गोल गरे । गएराति नैं भएको अर्को खेलमा न्युकासल युनाईटेडलाई २–० ले हराउँदै म्यान्चेस्टर सिटी पनि सेमिफाईनलमा उक्लियो । एफ.ए. कप फुटबलका सेमिफाईनल खेलहरु जुलाई १८ तारिखमा हुनेछन् ।

सेमिफाईनलमा चेल्सी र म्यान्चेस्टर युनाईटेड तथा आर्सनल र म्यान्चेस्टर सिटी भिड्नेछन् । 

 Published Date: Monday, 29th June 08:19:46 AM