
काठमाडौं, साउन १७ : एफए कपको फाइनलमा आज चेल्सी र आर्सनल भिड्दैछन् ।
लण्डनको ऐतिहासिक वेम्बले रंगशालामा आज बेलुकी नेपाली समय अनुसार सवा १० बजे दुई टोलीबीचको खेल सुरु हुनेछ ।
सेमिफाइनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल तथा म्यान्चेस्टर युनाईटेडलाई पाखा लगाउँदै चेल्सी फाइनलमा पुगेको हो ।
दुबै टोली जारी सिजनमा पहिलो उपाधिको खोजीमा रहेका छन् ।
प्रिमियर लिगमा चौथो स्थान हात पारेको चेल्सी आगामी सिजनको च्याम्पियन्स लिगमा छनौट भईसकेको छ ।
यो सिजनको प्रिमियर सिपमा खराब प्रदर्शन गरेको आर्सनललाई युरोपा लिगमा छनौट हुन आजको खेल जित्नैपर्ने दबाबमा रहेको छ ।