बिहीबार, माघ १६, २०७६

इङ्लिस प्रिमियर लिगः एभर्टनमाथि लिभरपुलको फराकिलो जित

काठमाडौं, मंसिर १९ : इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनमाथि फराकिलो जित निकालेको छ । बुधबार भएको खेलमा लिभरपुलले एनफिल्डमा एभर्टनलाई ५–२ गोल अन्तरले हराएको हो ।

लिभरपुलले प्रभावशाली जित निकाल्ने क्रममा पहिलो हाफमै चार गोल गरेको थियो । साडियो मानेको पासमा डिभोक ओरिजीले दुई तथा जर्दान साकिरीले एक गोल गर्दै लिभरपुललाई सहज सुरुवात दिलाएका थिए । माने आफैले एक गोल गरेको खेलमा विजनाल्डमले अन्तिम मिनेटमा लिभरपुलका लागि गोल गरेका थिए ।

एभर्टनका माईकल केन र रिचर्डलिसनले एक एक गोल गरे । दोस्रो हाफमा दुवै टोलीले गोलका अवसर चुकाएका थिए । त्यसमा लिभरपुलका माने र एभर्टनका वैकल्पिक खेलाडी मोइसी केन रहे । लिभरपुलले १५ खेलबाट ४३ अंक सहित तालिकामा अग्रता कायम गर्यो ।

उसले दोस्रो स्थानको लेस्टर सिटीसंग ८ अंकको अग्रता बनायो । एभर्टन १४ अंक सहित तालिकाको पुछारदेखि तेस्रोमा रह्यो ।

 Published Date: Thursday, 5th December 08:12:05 AM