आईतबार, फागुन ११, २०७६

इंग्लिस प्रिमियर लिगमा चेल्सीको सहज जित,  बर्नली ३-० ले पराजीत 

काठमाडौं, पुस २७ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।

शनिबार राति सम्पन्न खेलमा चेल्सीले बर्नलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा खेलको २७ औं मिनेटमा जोर्गीन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३८ औं मिनेटमा टामी अब्राहमले गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ४९ औं मिनेटमा कलुम हड्सन ओडीले गोल गर्दै चेल्सीलाई ३-० को सहज जित दिलाए ।

जितसँगै चेल्सीले २२ खेलमा ३९ अंक जोडेको छ । चेल्सी लिगको चौंथो स्थानमा यथावत रहेको छ । बर्नली २४ अंक जोडेर १५ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत दोस्रो स्थानको लेष्टर सिटी भने साउथह्याम्पटनसँग २-१ गोल अन्तरले पराजित भएको छ ।

यस्तै एभर्टनले ब्राइटनलाई १-० ले हराएको छ । वुल्भ्स र न्युकासलले भने १-१ गोलको बराबरी खेल्दै अंक बाडेको छ ।

 Published Date: Sunday, 12th January 08:05:08 AM