आईतबार, चैत्र १६, २०७६

अर्जेन्टिनी स्टार डिबाला र उनकी प्रेमिकालाई कोरोनाको संक्रमण 

काठमाडौं, चैत्र ९ : इटालियन क्लब युभेन्टसका अर्जेन्टिनी स्टार पाब्लो ड्याब्लामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

२६ वर्षीय डिबाला र उनकी प्रेमिका ओरिआना साबाटीनीमा संक्रमण भेटिएको युभेन्टस क्लबले जनाएकोे छ । ‘ओरिआना र म दुवै पोजेटिभ टेस्ट भएका छौँ,’ डिबालाले इन्सटाग्राममा लेखेका छन्, ‘भाग्यवस हामी दुवै ठीक अवस्थामा छौँ ।’

क्लबका अनुसार दुबैजना सेल्फ आइसोलेसनमा छन्  । ओरियाना अर्जेन्टिनी गायिका, नायिका र मोडल समेत हुन् । 
 

 Published Date: Sunday, 22nd March 08:34:48 AM