बुधबार, असोज १४, २०७७

माछापुच्छ्रे बैंक कर्पोरेट क्रिकेट शनिबारबाट

‘माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स’ क्रिकेट प्रतियोगिता शनिबारबाट सुरु हुने भएको छ । एसएस इभेन्ट्स प्रालिको आयोजनामा कीर्तिपुरस्थित टियू मैदानमा हुने प्रतियोगिता फागनु ७ गतेसम्म चल्ने छ । 

माछापुच्छ्रे बैंकले मुख्य प्रायोजन गरेको प्रतियोगितामा २३ कर्पोरोट टिमको सहभागीता रहने छ । सहभागी २३ टिमलाई ८ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टिमले नकआउट चरणमा प्रवेश पाउने छन् ।

समूह एमा भारतीय दूतावास, मेगा बैंक र सिप्रदी रहेका छन् भने समूह बी नबिल बैंक र सुबिसु, समूह सी सिभिल बैंक, प्राइम बैंक र नेपाल लाइफ इन्स्योरेन्स छन् । यस्तै, समूह डीमा सनराइज बैंक, सूर्य नेपाल र माछापुच्छ«े बैंक, समूह ईमा एनसेल ए, ग्लोबल आईएमई बैंक, गोर्खाज फाइनान्स, समूह एफमा द काठमाडौं पोस्ट, कामना सेवा विकास बैंक, कुमारी बैंक रहेका छ भने समूह जीमा सेन्चुरी बैंक, एनआईसी एसिया बैंक र नेपाल राष्ट्र बैंक तथा समूह एचमा आईसीएफसी फाइनान्स, एनसेल ‘बी’ र नेपाल टेलिकम छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले यमाहाको एफजेड भी मोटरसाइकल प्राप्त गर्नेछन् । कर्पोरेट क्रिकेटमा उत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिन लागिएको यो पहिलो पटक हो । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा विधागत उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर, विकेट किपरसहित सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने छ । 
 

 Published Date: Friday, 14th February 2020 6:36:59 am