सोमबार, जेठ १९, २०७७

रुपन्देहीमा थपिए ८ जना कोरोना संक्रमित 

| तस्वीर:सांकेतिक

बुटवल, जेठ १० :  रुपन्देहीमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शनिबार बिहान प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा गरिएका परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकाका ८ जना पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। 

संक्रमितहरु २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष रहेका छन्। 

योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या ५४८ पुगेको छ।  संक्रमितमध्ये ७० जना निको भएर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ। 


 

 Published Date: Saturday, 23rd May 09:32:09 AM