शुक्रबार, असोज ९, २०७७

मेसिक्सन क्लब सान्तोसका ८ खेलाडीका देखियो कोरोना

काठमाडौं, जेठ ९ :  मेक्सिकोको शीर्ष डिभिजन म्याक्स लिग क्लब सान्तोस लगुनाका ८ खेलाडीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ। सान्तोसले आफ्ना ८ जना खेलाडीले कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेको छ। 

म्याक्स लिगले पनि शुक्रबार एक विज्ञप्ति जारी गर्दै सान्तोसका ८ खेलाडीमा कोरोना संक्रमण देखिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘सान्तोसका सम्पूर्ण खेलाडीको कोरोना परीक्षण गरिएको थियो, जसमा ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ। उनीहरूमा कोरोना कुनै पनि लक्षण थिएन।’

उनीहरू सबैलाई आइसोलेसनमा राखेर उपचार गरिरहेको क्लबले जनाएको छ। संक्रमित खेलाडीको नाम सार्वाजनिक गरिएको छैन।  

 Published Date: Friday, 22nd May 2020 12:19:03 pm