आईतबार, माघ ४, २०७७

एन्फाले कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीको कोरोना परीक्षण गर्दै 

काठमाडौं, साउन २६ : अखिल नेपाल फुटबल संघ (एन्फा) ले कर्मचारी र प्रशिक्षणमा बोलाइएका खेलाडीहरुको आजदेखि कोरोना परीक्षण गर्ने भएको छ । फिफा विश्वकप छनोटका लागि तयारी गर्नु अगाडि एन्फाले कर्मचारी र प्रशिक्षकको कोरोना परीक्षण गर्न लागेको हो ।

आज काठमाडौं बाहिरबाट आएर होटलमा क्वरेण्टीनमा बसेका ११ जना खेलाडीको कोरोना परीक्षण हुनेछ । उनीहरुको बिहान १० बजेदेखि पाटन अस्पतालमा कोरोना परीक्षण हुने भएको हो । भदौ १ गतेबाट प्रशिक्षण सुरु हुनेछ ।

विश्वकप छनोट अन्तर्गत नेपालले ३ वटा खेल घरेलु मैदानमा खेल्ने योजना छ । नेपालले आउँदो असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दैछ । त्यसको ५ दिनपछि अर्थात् असोज २७ गते अष्ट्रेलियासँग खेल्ने तालिका छ ।

 Published Date: Monday, 10th August 2020 8:25:18 am