शुक्रबार, साउन ३०, २०७७

चेल्सीले एस्टन भिल्लालाई हरायो

काठमाडौं, असार ८ : कोरोना भाइरसका महामारीपछिको पहिलो खेलमा चेल्सीले एस्टनभिल्लालाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा चेल्सीले एस्टन भिल्लालाई उसकै मैदानमा २–१ ले पराजित गरेको हो । 

चेल्सीलाई जित दिलाउने क्रममा फ्रेन्च स्ट्राइकर ओलिभर जिरुड र अमेरिकन स्ट्राइकर क्रिस्टियन पुलुसिचले समान १ गोल गरे भने एस्टन भिल्लाका कोर्टने होउसले गोल गरे । खेलमा अग्रता भने एस्टन भिल्ला लियो । पहिलोको ४३औं मिनेटमा होउसले गोल गर्दै एस्टन भिल्लालाई अग्रता दिलाए । 

पहिलो हाफमा १–०ले पछि परेको चेल्सीले ६०औं मिनेटमा खेललाई बराबरीमा ल्यायो । उसका क्रिस्टियन पुलुसिचले गोल गरेका थिए । ६२औं मिनेटमा जिरुडले उत्कृष्ट गोल गर्दै चेल्सीलाई २–१को अग्रता दिलाएका थिए । त्यसपछि खेलमा कुनै गोल नहुँदा चेल्सी विजयी भयो ।

यसैगरी आइतबार साँझ नै भएको अर्को खेलमा न्युकासल युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३–०ले हरायो । उसका लागि अलान्ट सेन्ट माक्सिमिन, म्याट रिट्ची, जोलिन्टनले समान १ गोल गरे । न्युकासलले तीनै गोल दोस्रो हाफममा गरेको थियो ।

जितपछि चेल्सी ५१ अंकका साथ चौथो स्थानमा छ भने स्टन भिल्ला २६ अंकका साथ १९औं स्थानमा छ । हारपछि पनि सेफिल्ड ४४ अंकका साथ सातौं स्थानमा छ भने न्युकासल ३७ अंकका साथ १२औं स्थानमा छ ।

 Published Date: Monday, 22nd June 06:38:28 AM