मंगलबार, साउन २०, २०७७

चार खेलाडीसँग आर्सनलले थप्यो सम्झौता

काठमाडौं, असार १० : इंग्लिस क्लब आर्सनले ४ खेलाडीसँग सम्झौता नविकरण गरेको छ। सिजनको अन्त्यसँगै सम्झौता सकिन लागेका डिफेन्डर डेभिड लुइज, सेड्रिक, पाब्लो मारी र मिडफिल्डर ड्यानी सेबायोससँग आर्सननले नयाँ सम्झौता गरेको हो। 

यी चारै खेलाडीको आर्सनलसँगको सम्झौता १ जुलाईमा सकिँदै थियो। चारमध्ये लुइसमा आर्सनलका स्थायी खेलाडी हुन्। सेबायोस, मारी र सेड्रिक आर्सनलमा खेलिरहेका छन्। सेबायोस सिजनको सुरुवातमा १ वर्षे खेलमा रियल मड्रिडबाट आएका हुन् भने सेड्रिक साउथह्याम्प्टन र मारी फ्लेमेङ्गोबाट गत जनवरीमा ६ महिने लोनमा आएका हुन्। 

अघिल्लो सिजन चेल्सीबाट आएका ब्राजिलियन डिफेन्डिर लुइजसँग आर्सनलले थप १ वर्षको सम्झैता गरेको छ। ३३ वर्षीय लुइज सन् २०२१ को जुलाई १ सम्म आर्सनलमा रहेन छन्। यस्तै आर्सननले रियल मड्रिडका मिडफिल्डल सेबायोससँग थप एक वर्ष लोन सम्झौता गरेको छ। उनी पनि सन् २०२१ को जुलाई १ सम्म आर्सनलमा रहने छन्।

यसैगरी ६ महिने लोनमा आएका पोर्चुगिज राइटब्याक र सेन्टर ब्याक मारीसँग आर्सनलले ५ वर्षको सम्झौता गरेको छ। दुवै अब सन् २०२५ सम्म आर्सनलमा रहने छन्।

 Published Date: Wednesday, 24th June 18:12:43 PM