सोमबार, चैत्र २४, २०७६

आहा–रारा गोल्डकपको उपाधी भिडन्त आज, पुलिस र मनाङ खेल्दै

काठमाडौं, चैत्र १ : पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि आज नेपाल पुलिस क्लव र मनाङ मर्स्याङ्दी क्लव भिड्दैछन् ।

पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुने खेलले १८ औं संस्करणको आहा–रारा गोल्डकपको उपाधि बिजेताको टुंगो लाग्नेछ । साविकको विजेता थ्रीस्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस प्रतियोगिताको नवौं पटक फाइनल पुगेको हो ।

मनाङ विभागीय टिम आर्मीलाई ३–१ गोल अन्तरले पराजित गर्दै दशौं पटक उपाधि नजिक पुगेको हो । १८ औं संस्करण आईपुग्दा पुलिस सातौं पटक आहा रारा गोल्डकपको उपाधि जित्न चाहन्छ । पुलिस प्रतियोगिताको सर्बाधिक सफल टिम पनि हो ।

यस्तै पुलिसलाई पछ्याउने क्रममा रहेको मनाङले ५ पटक उपाधि जितेको छ । 

 Published Date: Saturday, 14th March 07:53:43 AM