
काठमाडौं, पुस २९ : सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज संकटा क्लब र विभागीय टोली आर्मी भिड्दै छन् ।
काठमाडौंको रंगशालामा जारी प्रतियोगिता अन्तर्गत आजको खेलमा जित निकाल्दै आर्मी शीर्ष स्थानमा उक्लिने दाउमा रहेको छ । यस्तै, गत वर्षको उपविजेता संकटा पनि आर्मीलाई पराजित गर्दै लिग तालिकामा सुधार गर्न चाहन्छ ।
पाचौं स्थानमा उक्लिने दाउमा संकटा रहेको छ । आर्मी १२ अंक सहित तालिकाको दोस्रो स्थानमा छ भने संकटा ७ अंक सहित आठौं स्थानमा संकटा रहेको छ । संकटाविरुद्ध आर्मीले कप्तान भरत खवास, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, विकेश कुथु, विकाश खवास, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन अर्याल जस्ता स्टार खेलाडीलाई मैदान उतार्ने छ ।
संकटा पनि आफ्ना खेलाडीले विस्तारै लय समात्दै गएकाले आर्मीविरुद्ध जित निकाल्ने रणनीतिमा छ ।