सोमबार, असोज १२, २०७७

साप्ताहिक सेयर विश्लेषण : यो साता बजार सकरात्मक हुन सक्ने 

काठमाडौं, जेठ ४ : अघिल्लो साताका नेप्सेको तथ्यांकहरुलाई केलाउने हो भने यो साता बजार बढ्दो प्रवृत्तिमा हुन सक्ने देखिन्छ । अघिल्लो साताजस्तै बजार १३२५ भन्दा माथि स्थिर रहन सकेमा फेरि पनि केहि समयको लागि बढ्दो प्रवृत्तिमा हुन सक्नेछ।

गत साता नेप्से परिसूचक १२९१ दशमलब ९६ बिन्दुमा खुलेको थियो भने १३३४ दशमलब ०६ को ‘इन्ट्राडे’ उच्च बिन्दु बनाएको थियो । त्यस्तै गरि ‘इन्ट्राडे’ न्यून बिन्दु १२८४ दशमलब १७ थियो भने बजार १३१८ दशमलब ७१ मा बन्द भएको थियो। 

यो अघिल्लो साताभन्दा २६ दशमलब ७५ अंक अर्थात २ दशमलव ०७ प्रतिशतको वृद्धि हो । गत साता पाँच दिन भएको कारोबारमा ४ अर्ब ९४ करोड बराबर रकमको कारोबार भएको थियो ।

प्राविधिक बिश्लेषण 
चित्र नं १ : साप्ताहिक मैनबत्ती प्रवृत्ति 

विगत ९ महिनादेखि बजारको उतारचडाब कस्तो रह्यो भनि हेर्नलाई चित्र नं. १ मा नेप्सेको साप्ताहिक मैनबत्तीहरु प्रयोग गरिएको छ । अघिल्लो साप्ताहिक विश्लेषणको निश्कर्ष अनुसार यदि बजार १३२५ भन्दा माथि स्थिर रहन सकेमा बजार फेरि पनि केहि समयको लागि बढ्दो प्रवृत्तिमा हुन सक्ने भनिएको थियो । यो साता नेप्से १३२५ भन्दा माथि गए पनि स्थिर रहन सकेन र बजार हाल अन्योल अवस्थामा देखिएको र माथिल्लो प्रवृत्ति रेखा अर्थात मुख्य प्रतिरोध क्षेत्रलाई  बजारले सामना गरि रहेको देखिन्छ । 
२०० एक्पोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए) भन्दा बजारको प्रवृत्ति माथि नै रहेकोले हालसम्म बजार सकारात्मक क्षेत्रमा नै भएको संकेत गरेको छ । 

चित्र नं.२ : दैनिक मैनबत्ती प्रवृत्ति 

चित्र नं.२ : दैनिक मैनबत्ती प्रवृत्ति 

दैनिक मैनबत्ती प्रवृत्तिले यो साता १३२३ को अघिल्लो उच्च बिन्दु अर्थात प्रतिरोधलाई निश्चित रुपमा तोड्न असफल रहेको देखिन्छ। 

२१ दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)भन्दा नेप्से प्रवृत्ति माथि रहेकोले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको देखिन्छ । रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ७२ दशमलब ३७ अंकमा रहेको छ । यसको प्रवृत्तिले बजारमा शेयर बढी खरिद भए पनि बजारमा क्रेता र विक्रेताको चाप बराबर देखिन्छ । डाइरेक्सनल मुभमेन्टले क्रेताको चाप केहि कम भएको संकेत गरेको छ। 

निश्कर्ष :

हालसम्म नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजार १३०० सम्ममा  सकारात्मक क्षेत्रमा रहने देखिन्छ । त्यसपछिको तत्कालिन टेवा १२७० देखि १२८० को क्षेत्रमा रहेको देखिन्छ । त्यस्तै गरि यदि बजार १३३५ भन्दा माथि स्थिर रहेमा बजार अझ केहि सकारात्मक हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १३५० मा रहेको देखिन्छ । यस्तै प्रवृत्ति रहे आगामी साता नेप्सेमा केही बृद्धि हुनसक्ने अनुमान गर्न सकिन्छ। 

 Published Date: Saturday, 18th May 2019 11:43:29 am