शुक्रबार, असोज १६, २०७७

आज शेयर बजारमा पुन: विक्रेता हावी

काठमाडौं, मंसिर १ : साताको पहिलो कारोवार दिन आईतबार नेप्से परिसूचक ४ दशमलव ५९ अकंले घटेर ११३१ दशमलव ३६ को विन्दुमा पुगेको छ। 

दोश्रो बजार परिसूचकमा ० दशमलव ४० प्रतिशतकोे गिरावट देखिएको छ। दोश्रो बजार ११३५ दशमलव ७३ को विन्दुमा खुलेको थियो भने ११३७ दशमलव २६ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु ११२९ दशमलव १५ थियो भने ३५ करोड ५१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोवार रकम भने अघिल्लो कारोबार दिनभन्दा बढेको छ।

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको ४ करोड ४ लाख बराबरको शेयर किनबेच भएको छ।  

आज सर्वाधिक कमाउने र गुमाउने 

आज साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयर धनीले सर्वाधिक ९ दशमलव ९७ प्रतिशतले कमाएका छन्। त्यस्तै शिवम् सिमेन्ट्सका शेयर धनीले सर्वाधिक ९ दशमलव ९७ प्रतिशतले गुमाए।

 


 

छोटो समयावधिको प्राविधिक बिश्लेषण 

अघिल्लो कारोबार दिनको विश्लेषण अनुसार बजारको टेवा ११३० को क्षेत्रमा रहेको भनिएको थियो। आज बजारले यहि टेवा क्षेत्रलाई परिक्षण गरेको देखिन्छ।

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार ७ सातादेखि बजार प्रवृत्तिहिन रहेको छ। हाल बजार ११३० को सामान्य टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले वियरिस आकृति बनाएको छ। यसले बजारमा विक्रेता हावी रहेको संकेत गर्नुका साथै परिमाणले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाब कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो र आज बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ।

२१ र ५० समयावधिको ‘एक्सपोनेन्सियल मुभिङ्ग एभरेज’ (ईएमए)हरु एकआपसमा फराकिलो रहेकोले बजार घट्दो प्रवृत्तिमा रहेको संकेत गर्दछ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ४७ दशमलब ६८ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरको प्रवृत्तिले बजारमा क्रेताको चाप हुन थालेको संकेत गरेको छ। 

निश्कर्ष

माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकहरुले मिश्रित संकेत गरे पनि समग्रमा हेर्दा यदि बजार ११३८ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने संकेत गर्दछ । अर्को तत्कालिन प्रतिरोध ११४८ देखि ११५२ को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै यदि बजार ११२९ भन्दा तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने संकेत गर्दछ। अर्को तत्कालिन टेवा ११२० मा रहेको देखिन्छ। 

 Published Date: Sunday, 17th November 2019 11:21:19 am