सोमबार, चैत्र १७, २०७६

आज शेयर बजार सकारात्मक, कारोबार रकम बढ्यो

काठमाडौं, माघ २ : साताको अन्तिम कारोवार दिन बिहीबार पनि शेयर बजारमा क्रेताको चाप रहेको छ। अन्य उपसूचक बाहेक सबै उपसूचकहरुमा बृद्धि रहेको छ।

 सर्वाधिक बृद्धि हुने उपसूचकहरुमा फाइनान्स र उत्पादन तथा प्रशोधनमा क्रमशः ४ दशमलब १६ र ४ दशमलब ०३ प्रतिशतले बृद्धि भएको छ।  बैंकिङ्ग समूहमा भने १ दशमलब ६९ प्रतिशतले बृद्धि देखिएको छ। यसरी प्राय जसो उपसूचकहरुमा बृद्धि हुनुलाई सकारात्मक मानिन्छ। 

आज नेप्से परिसूचक २६ अंकले बढेर १३१० दशमलव २३ को विन्दुमा बन्द भएको छ। दोश्रो बजार २ दशमलव ०२ प्रतिशतले बढेको छ । दोश्रो बजार १२८४ दशमलव २९ को विन्दुमा खुलेको थियो भने १३१३ दशमलव ५९ को उच्च विन्दु सम्म पुगेको थियो। 

कारोबार खुलेको विन्दु नै न्यून बिन्दु रहेको छ। आज १ अर्ब ६९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।  कारोबार रकम बढेकोले यसलाई पनि सकारात्मक मानिन्छ।

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोवार हुने 

आज सबै भन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर किनबेच भएको छ। हिमालयन डिष्टिलरीको १४ करोड ४९ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज एनआईबीएल प्रगति फण्डको इकाईधनीले सर्वाधिक १० दशमलब ०६ प्रतिशतले कमाए भने महिला सहयात्रा माईक्रोफाइनान्सका शेयरधनीले सर्वाधिक २ दशमलव ६९ प्रतिशतले गुमाए। 

छोटो समयावधिको प्राविधिक बिश्लेषण 

अघिल्लो दिनको विश्लेषण अनुसार यदि बजार १२८८ भन्दा माथि स्थिर रहेमा बजार सकारात्मक हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालिन मुख्य प्रतिरोध १३०० देखि १३२५को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार त्यहि अनुरुप १३१३ दशमलब ५९ बिन्दुसम्म पुगेर १३१० दशमलब २३ बिन्दुमा बजार बन्द भएको छ। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती बिश्लेषण अनुसार हाल बजार बढ्दो प्रवृत्तिमा रहेको र मुख्य प्रतिरोध क्षेत्रलाई सामना गरि रहेको देखिन्छ। आज पनि मैनबत्तीले ‘बुलिस मारुबोजु’ आकृति बनाएको छ। यसले बजारमा क्रेताको चाप रहेको संकेत गर्दछ। परिमाणले आजको मैनबत्तीलाई समर्थन गरेको देखिन्छ।  

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन र आज बजार बढ्दो प्रवृत्तिमा रहेको छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ६२ दशमलब २९ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआई र स्टोकास्टिक अक्सिलेटरले बजार केहि सच्चिन सक्ने संकेत गरेको छ।  

निश्कर्ष  

छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा बजार अब बलियो प्रतिरोध क्षेत्र नजिक रहेको देखिन्छ। तर यदि बजार १३१४ भन्दा माथि स्थिर रहे बजार अझ केहि सकारात्मक हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १३२५ को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै तत्कालिन टेवा १३०० को क्षेत्रमा रहेको देखिन्छ। 


 

 Published Date: Thursday, 16th January 17:36:47 PM