सोमबार, भदौ ३०, २०७६

शेयर बजारमा आज क्रेता र विक्रेताको चाप लगभग बराबर

काठमाडौं, भदौ २४ : नेप्से परिसूचक २ दशमलव २४ अंकले घटेर मंगलबार ११६६ दशमलव ६७ को विन्दुमा पुगेको छ।

११६८ दशमलव ९२  को विन्दुमा खुलेको दोस्रो बजार ११७२ दशमलव ८६ को उच्च विन्दुसम्म पुगेको थियो। दोस्रो बजार परिसूचकमा ० दशमलव १९ प्रतिशतकोे गिरावट देखिएको छ। बजारको न्यून विन्दु ११६१ दशमलव ०८ थियो। 

आज २३ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर किनबेच भएको छ। कुमारी बैंकको १ करोड २५ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज हिमालय ऊर्जा विकास कम्पनीका शेयरधनीले सर्वाधिक ६ दशमलव ७२ प्रतिशतले कमाए भने सेन्ट्रल फाइनान्सका शेयरधनीले सर्वाधिक ४ दशमलव ४६ प्रतिशतले गुमाए। 

प्राविधिक विश्लेषण

अघिल्लो कारोबार दिनको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार ११७० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार ११७० भन्दा माथि रहे पनि स्थिर रहन सकेन र बजार सच्चिएर ११६६ दशमलब ६७ अंकमा बन्द भएको छ।  

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति


 

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको छ। डोजी मैनबत्ती आकृति बनाएकाले आज बजार अन्योल अवस्थामा रहेको संकेत गर्दछ। बजारमा क्रेता र विक्रेता दुवैको बराबर चाप रहेको संकेत गरेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई दिनदेखि बजारको उतारचढाव कस्तोल रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो घट्दो प्रवृत्तिमा रहेको बजार आज प्रवृत्तिहीन रहेको छ। यसको प्रवृत्तिले विक्रेताको चाप कमजोर हुँदै गएको संकेत गर्दछ। 

आज बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४४ दशमलव २२ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआईको प्रवृत्तिले विक्रेताको चाप रहँदै आएको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले बजार अझ केही सच्चिन सक्ने संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकहरुको आधारमा यदि बजार ११७३ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को सामान्य प्रतिरोध ११८० मा रहेको देखिन्छ।  त्यस्तै, बजारको तत्कालीन टेवा ११५६ देखि ११६० मा रहेको देखिन्छ।  ११५६ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने सम्भावना देखिन्छ।  
 

 Published Date: Tuesday, 10th September 18:18:24 PM