बुधबार, कात्तिक २७, २०७६

ओरालो लाग्दै शेयर बजार

काठमाडौं, भदौ २३ : नेप्से परिसूचक ९ दशमलव ५४ अंकले घटेर सोमबार ११६८ दशमलव ९१ को विन्दुमा पुगेको छ। 

११७८ दशमलव ४८ को विन्दुमा खुलेको दोस्रो बजार ११८० दशमलव ३० को उच्च विन्दुसम्म पुगेको थियो। दोस्रो बजार परिसूचकमा ० दशमलव ८१ प्रतिशतकोे गिरावट देखिएको छ।

बजारको न्यून विन्दु  भने ११६६ दशमलव ०९ थियो। आज २९ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था 

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै सिभिल बैंकको संस्थापक शेयर किनबेच भएको छ। सिभिल बैंकको ४ करोड बराबरको संस्थापक शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज आँधिखोला लघुवित्तका शेयरधनीले सर्वाधिक ५ दशमलव १८ प्रतिशतले कमाए भने युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले सर्वाधिक ५ दशमलव ३१ प्रतिशतले गुमाए। 

 

प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको विश्लेषणको निष्कर्ष अनुसार यदि बजार ११८० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ भनिएको थियो। आज बजार ११८० सम्म पुगे पनि यो प्रतिरोधलाई तोड्न असफल रहेको र बजार सच्चिएर ११६८ दशमलव ९१ अंकमा बन्द भएको छ।  

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति


 

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको छ। आज वियरिस मैनबत्ती आकृति बनाएको छ। यसले आज बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ। आजको परिमाणले बजारमा विक्रेता हाबी रहेको संकेत गरेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। बजार हिजो र आज घट्दो प्रवृत्तिमा रहेको छ।  २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले बजार घट्दो प्रवृत्तिमा भएको संकेत गरेको छ।

आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४६ दशमलव १२ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआईको प्रवृत्ति सकारात्मक रहेको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले भने कारोबारको अन्तिम समयमा विक्रेताको चाप रहेको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकले मिश्रित संकेत गरेको छ। बजारको छोटो समयावधिलाई समग्रमा हेर्दा यदि बजार ११७० भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को सामान्य प्रतिरोध ११७६ देखि ११८० मा रहेको देखिन्छ।  त्यस्तै, यदि बजार ११५६ भन्दा तल रहेमा बजार अझ केही सच्चिन सक्ने सम्भावना देखिन्छ।  


 


 

 Published Date: Monday, 9th September 18:53:29 PM