आईतबार, असोज ५, २०७६

शेयर बजारमा वाणिज्य बैंककै बोलबाला 

काठमाडौं, असार २२ : आज साताको पहिलो कारोवार दिन आईतबार नेप्से परिसूचक ४ दशमलव ४५  अंकले घटेर १२५६ दशमलव ०४ को विन्दुमा पुगेको छ। 
दोश्रो बजार परिसूचकमा ० दशमलव ३५ प्रतिशतकोे गिरावट देखिएको छ। दोश्रो बजार १२६० दशमलव ४७ को विन्दुमा खुलेको थियो भने १२६३ दशमलब ८२ को उच्च विन्दु सम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १२५५ दशमलव ०१ थियो। आज दिन भरमा ५४  करोड ५ लाख बराबरको शेयर किनबेच भएको छ।  

आजको बजारको अवस्था:

आज सर्वाधिक कारोवार हुने 
आज सबै भन्दा धेरै सिभिल बैंक लिमिटेडको शेयर किनबेच भएको छ। सिभिल बैंक  लिमिटेडको ५ करोड ७९ लाख बराबरको शेयर किन बेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज स्वाभिमान लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ८६ प्रतिशतले कमाए भने जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सर्वाधिक ११ दशमलव ३० प्रतिशतले गुमाए। 

प्राविधिक बिश्लेषण:
अघिल्लो कारोबार दिनको निश्कर्ष अनुसार, हाल बजारको टेवा १२५३ देखि १२५७  को क्षेत्रमा रहेको भनिएको थियो। आज बजारमा सभा बाह्र बजेदेखि अन्तिम समयसम्म यहि क्षेत्रमा रहेको देखिन्छ। आज नेप्से परिसूचक १२५६ दशमलब ०४ अंकमा बजार बन्द भएको छ। 

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति


चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति वमोजिम बजार अझै पनि टेवा क्षेत्रमा रहेको देखिन्छ। आजको मैनबत्तीले बजारमा विक्रेता हावी रहे पनि अघिल्लो दिनको कारोबारसंग दांजेर हेर्दा विक्रेताको चाप केहि कमजोर भएको देखिन्छ। 

चित्र नं.२ : ५ मिनेट मैनबत्ती प्रवृत्ति


चित्र नं.२,

दुई दिनको कारोबार कस्तो रह्यो भनि हेर्नलाइ ५ मिनेट समयावधिको मैनबत्तीहरुलाई प्रयोग गरिएको छ। अघिल्लो कारोबारको दिन घट्दो प्रवृत्तिमा रहेको बजार आज पनि केहि सच्चिएको छ र टेवा क्षेत्रमा रहेको देखिन्छ।  

आजको कारोबारमा पनि २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु फराकिलो हुंदै गएकोले आज बजार घट्दो प्रवृत्तिमा रहेको संकेत गरेको छ। रिलेटिभ स्टे«न्थ इन्डेक्स (आरएसआई) ४७ दशमलब ०९ अंकमा रहेको छ। यसको प्रवृत्तिले कारोबारको पछिल्लो समयमा लगानीकर्ताहरु अन्योल रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले कारोबारको अन्तिम समयमा क्रेताको चाप हुन सक्ने संकेत गरेको छ। 

निश्कर्ष :

माथि उल्लेखित छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा यदि बजार १२५७ भन्दा माथि स्थिर रहेमा बजार केहि सकारात्मक हुन सक्ने देखिन्छ र अर्को तत्कालिन प्रतिरोध १२६४ मा रहेको देखिन्छ । त्यस्तै यदि बजार १२५५ भन्दा तल स्थिर रहेमा बजार अझ केहि सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालिन टेवा १२५० मा रहेको देखिन्छ। 
 

 Published Date: Sunday, 7th July 17:51:54 PM