मंगलबार, कात्तिक २६, २०७६

शेयर बजार आज पनि निराशाजनक

काठमाडौं, भदौ २६ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ५ दशमलव ३३ अंकले घटेर ११५७ दशमलव ८८ को विन्दुमा पुगेको छ। 

११६३ दशमलव ७१ को विन्दुमा खुलेको दोस्रो बजार ११६४ दशमलव १५ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु ११५६ दशमलव २५ रहेको थियो। 

दोस्रो बजार परिसूचकमा ० दशमलव ४६ प्रतिशतकोे गिरावट देखिएको छ भने ३७ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै लक्ष्मी बैंकको संस्थापक शेयर किनबेच भएको छ। लक्ष्मी बैंकको ४ करोड ७० लाख बराबरको संस्थापक शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज कालिका पावरका शेयरधनीले सर्वाधिक ५ प्रतिशतले कमाए भने अरुण भ्याली हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ६ दशमलव ७९ प्रतिशतले गुमाए। 


प्राविधिक विश्लेषण

अघिल्लो कारोबार दिनको विश्लेषणको निष्कर्ष अनुसार बजारको तत्कालीन टेवा ११५६ देखि ११६० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार यही टेवा क्षेत्रमा रहेको र बजार  ११५७ दशमलव ८८ अंकमा बन्द भएको छ।  

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको छ। आजको मैनबत्तीले बजारमा विक्रेताको चाप रहेको संकेत गरेको छ भने परिमाणले पनि बजारमा विक्रेता हाबी रहेको संकेत गरेको छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति 

चित्र नं.२, विगत दुई दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। समग्रमा हेर्दा बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। हाल बजार, टेवा क्षेत्रमा रहेको देखिन्छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले हिजो डेड क्रस बनाएबापत बजार घट्दो प्रवृत्तिमा रहेको र आज पनि विक्रेताको चाप रहेको संकेत गरेको छ। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४० दशमलव ७८ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआईको प्रवृत्तिले क्रेताको चाप रहेको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले पनि अर्को कारोबार दिनको पहिलो समयमा बजार सकारात्मक हुन सक्ने संकेत गरेको छ।

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकका आधारमा यदि बजार ११६२ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। अर्को सामान्य प्रतिरोध ११७३ देखि ११७७ को क्षेत्रमा रहेको देखिन्छ।  त्यस्तै, यदि बजार ११५५ भन्दा तल स्थिर रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ।   
 

 Published Date: Thursday, 12th September 18:37:52 PM