शुक्रबार, असोज १६, २०७७

शेयर बजारमा आज मागभन्दा आपूर्ति बढी 

काठमाडौं, साउन १४ : बजारमा बुधबार पनि ठूलो गिरावट आएको छ। 

१ दशमलव ६१ प्रतिशतले बजारमा गिरावट आएसँगै नेप्से परिसूचक २३ दशमलव ३६ अंकले घटेर १४३१ दशमलव ५२ को विन्दुमा बन्द भएको छ। 

बजार १४५२ दशमलव ५२ को विन्दुमा खुलेको बजारको उच्च विन्दु पनि त्यहीमै सीमिति भयो। बजारको न्यून विन्दु १४३१ दशमवल ४७ रहेको थियो। 

आजको बजारको अवस्था  


 

आज सर्वाधिक कारोबार हुने 

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक किनबेच भएको छ। नेपाल पुनर्बीमा कम्पनीको १५ करोड ७१ लाख बराबरको शेयर किनबेच भएको छ। 


 

आज सर्वाधिक कमाउने र गुमाउने 

आज युनियन हाइड्रोपावर र जोशी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक दश प्रतिशतले  कमाए भने जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमवल ४५  प्रतिशतले गुमाए ।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजारको हालको उच्च विन्दु घट्दो प्रवृत्तिमा हुन थालेपछि बजारमा क्रेताको चाप कमजोर हुँदै गएको संकेत गर्न थालेको छ। आजको बजारको प्रवृत्तिले बियरिस मैनबत्ती आकृति बनाएको छ। यसले बजारमा विक्रेताको चाप रहेको र आजको परिमाणले विक्रेता सक्रिय रहेको  संकेत गरेको छ।

चित्र नम्बर २ 

चित्र नं.२ मा, आजको शेयर बजारको रेखा प्रवृत्ति देखाइएको छ। यसले आज बजार घट्दो प्रवृत्तिमा रहेको देखिन्छ। 

निष्कर्ष : माथि उल्लेखित बजारको प्रवृत्तिलाई समग्र रुपमा हेर्दा आज बजार घट्दो प्रवृत्तिमा रहेको छ। यदि बजार १४४४ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने सम्भावना देखिए पनि अर्को तत्कालीन प्रतिरोध १४६० को क्षेत्रमा रहेको देखिन्छ।

त्यस्तै, यदि बजार १४२७ भन्दा तल स्थिर रहेमा बजार अझ केही घट्न सक्ने देखिन्छ र अर्को तत्कालीन टेवा १४१७ को क्षेत्रमा रहेको देखिन्छ। 
 

 Published Date: Wednesday, 29th July 2020 12:09:57 pm