मंगलबार, कात्तिक २६, २०७६

शेयर बजार आज अन्योल अवस्थामा

काठमाडौं, भदौ २५ : नेप्से परिसूचक ३ दशमलव ४६ अंकले घटेर बुधबार ११६३ दशमलव २१ को विन्दुमा पुगेको छ।

११६६ दशमलव ६८ को विन्दुमा खुलेको दोस्रो बजार ११६८ दशमलव ०९ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु ११६१ दशमलव ९५ थियो। 

दोस्रो बजार परिसूचकमा ० दशमलव ३० प्रतिशतकोे गिरावट देखिएको छ। आज ३४ करोड १७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर किनबेच भएको छ। सोल्टी होटलको ४ करोड ५५ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 
आज घलेम्दी हाइड्रोका शेयरधनीले सर्वाधिक ४ दशमलव ४१ प्रतिशतले कमाए भने नविल इक्विटी फण्डले सर्वाधिक ६ दशमलव ६९ प्रतिशतले गुमाए। 


प्राविधिक विश्लेषण
अघिल्लो कारोबार दिनको विश्लेषणको निष्कर्ष अनुसार बजारको तत्कालीन टेवा ११५६ देखि ११६० को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार यही  टेवा क्षेत्र माथि ११६३ दशमलव २१ अंकमा बन्द भएको छ।  

चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति


 

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार घट्दो प्रवृत्तिमा रहेको छ। मैनबत्तीले बजारमा थोरै मात्रामा विक्रेताको चाप रहेको देखाएको छ भने परिमाणले पनि बजारमा विक्रेता हाबी रहेको संकेत गरेको छ।

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। समग्रमा हेर्दा हिजो र आजको बजार प्रवृत्तिहीन रहेको देखिन्छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको देखिन्छ। 

बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)ले दिएको संकेत प्रभावकारी देखिँदैन। आज रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३८ दशमलव ३० अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआईको प्रवृत्तिले क्रेताको चाप केही मात्रामा रहेको देखिन्छ। स्टोकास्टिक अक्सिलेटरले छोटो समयका लागि बजार सकारात्मक हुन सक्ने संकेत गर्दछ।

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्ति र सूचकका आधारमा यदि बजार ११६८ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को सामान्य प्रतिरोध ११७५ देखि ११८० को क्षेत्रमा रहेको देखिन्छ।  त्यस्तै, बजारको तत्कालीन टेवा ११५६ देखि ११६० मा रहेको देखिन्छ। यदि बजार यो क्षेत्रभन्दा तल रहेमा बजार अझ केही सच्चिन सक्ने संकेत गर्दछ।   

 Published Date: Wednesday, 11th September 18:10:38 PM